बिदुरः महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा नुवाकोटमा साहित्यिक कार्यक्रम गरिएको छ । जलवायु परिवर्तनका विषय उजागर गर्दै विविध साहित्यिक कार्यक्रम गरिएको हो । महाकवि देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङको आयोजनामा बेलकोटगढी नगरपालिका ५ झिल्टुङमा साहित्यिक कार्यक्रम र विद्यार्थीहरुवीच ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महादेव मावि, बेलकोटगढी नपा –७ रातमाटेका सोनु श्रेष्ठ प्रथम भएका छन् ।


प्रतियोगितामा कल्याणी मावि, बेलकोटगढी–८ जिलिङकी अनिशा पुडासैनी द्वितीय, पञ्चासे मावि, बेलकोटगढी–४ डाँडाखर्ककी जमुना पौडेल तृतीय भइन् ।प्रतियोगितामा इन्द्रेश्वर आधारभूत विद्यालय, बेलकोटगढी–५ लामाचौरकी कुसुम नेपाल र महादेव मावि, बेलकोटगढी–५ कोल्पुटारका हिमांशु नेपालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका हुन् । ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा आयोजित जिल्लास्तरिय प्रतियोगितामा ११ विद्यालयका १३ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा लेखक, श्रष्टा, साहित्यकार तथा कविहरुले आआफ्नो रचना बाचन गरि साहित्यिक माहौल सिर्जना गरेका थिए ।

प्रमुख अतिथि, साहित्यकार तथा कवि ज्ञानुवाकर पौडेलले विजेता विद्यार्थी तथा लेखक, श्रष्टाहरुलाई सम्मानित गरे । उनले साहित्यको विकास र प्रवद्र्धनवाटै नेपालको कला, पहिचान तथा लोकप्रियता वढिरहेको वताए । सोही अवसरमा लेखक श्रीराम श्रेष्ठ र रामहरी आचार्यलाई सम्मानसमेत गरिएकोे छ । कार्यक्रममा प्रतिष्ठानका नारायण नेपाल, मोहन नेपाल, केदारप्रसाद नेपाल, बेलकोटगढी नपा ५ का वडासदस्य तथा प्रतिष्ठानका सचिव गोकर्ण नेपाललगायतले साहित्य वाचान गरेका थिए ।

जलवायु परिवर्तनले वातावरण, मानव जीवन र भावी पुस्तामा पार्ने प्रभावबारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले विगतका वर्षहरुदेखि साहित्य देवकोटाको जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । महाकवि देवकोटाको जन्मजयन्तीको प्रतिष्ठान झिल्टुङले नुवाकोटका दुई लेखक श्रीराम श्रेष्ठ र रामहरि आचार्य सम्मानित गरेको हो ।

आयोजकले साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो । लेखक श्रीराम श्रेष्ठका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । आचार्यका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।









