बिदुरः भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले लाखौं व्यक्ति घरवारविहीन भएका छन् । हजारौं घरको निशाना नै छैन् ।भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा सरकारी निकायले करिव आठसय घर वगाएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेपनि दुई हजार भन्दा वढि घरटहरा वाढीले वगाएको स्थानीयवासीले वताए । बाढी गएको सातौ दिनसमेत खोज तथा उद्धार कार्य भइरहेको छ ।

बाढीले घर वगाएर विचल्ली भएका पीडितहरुले राहतका साथै पुर्नस्थापनाको माग गरेका छन् । बाढीले घर त वगायो, वगायो, वर्षात्मा वालवालिकाहरुलाई चिसोमा जोगाउन समस्या भएको बिदुर नगरपालिका १ ढुंगेवजारकी वाढी पीडित विष्णुमाया डंगोलले वताइन् । यस्तै अर्का वाढी पीडित ढुंगेवजारकै सुनील डंगोल सरकारले राहतसंगै पुर्नस्थापनाको कार्य गर्नुपर्ने माग गर्दछन् । राजु शाक्यले पुर्नस्थापना गरिदा वालवच्चाहरुलाई जोगाउन सजिलो हुने तर्क गर्दछन् ।

ढुंगेकै अर्का बाढी पीडित शान्ति लामिछाने भागेर ज्यान त जोगायौं, पुर्नस्थापना गरिए वर्षात्को समयमा जीवजन्तुवाट सुरक्षित रुपमा वस्न सकिने वताउंछिन् । सरकारले पहिलो प्राथमिकता विस्थापितहरुको पहिचान गरि पुर्नस्थापना गरिनु पर्ने माग गर्दछन् । नुवाकोटको ढुंगेमा मात्रै दुइसय घर वगाउनुका साथै वाढीले नष्ट गरेको छ । पारीपट्टिको त्रिशूली वजारका तीनसय ५० वढि घर भत्किएको र पुरिएको छ ।
नुवाकोटको विभिन्न १९ स्थानमा दुईहजार ६ सय ५३ जना बाढी पीडितहरुलाई आश्रित केन्द्र सन्चालन गरि राखिएको छ । जसमध्ये सवैभन्दा वढि कोलोनी कभर्ड हल र भैरुम माविमा पांच सय जनालाई राखिएको छ । रातमाटेको महादेव माविमा दुईसय ७२, किस्पाङको त्रिभुवन माविमा दुईसय तथा सवैभन्दा कम महादेव क्याम्पस महादेवफांटमा २६ र वेलकोटगढीको जनसेवा विद्यालयमा ३५ जना राखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार दुई स्थानमा भने स्वास्थ्यकर्मीको समूह परिचालित छन् ।

बढीमा परेर मृत्यु भएकाहरुलाई कोल्पु खोलादेखि मैलुङ्ग शान्ति बजारसम्म त्रिशूली वारी र पारी गरि ३० ठाँउलाई आधार बनाइ सुरक्षा निकायकाद्वारा थप खोजी कार्य जारी रहेको प्रजिअ रेग्मीले वताए । एकसय ५१ जनाको शव संकलन भइसकेको छ ।
जलविद्युत आयोजनामा खोज तथा उद्धार जारीः













