बिदुरः नुवाकोटमा स्थानीय तहहरुको क्षमता मुल्यांकन सार्वजनिक भएको छ । जसमा दुप्चेश्वर, ककनी र पञ्चकन्या अगाडि देखिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गरेको छ । मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गरेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा) मा नुवाकोटको दुप्चेश्वर गाउँपालिका पहिलो भएको छ । दुप्चेश्वरले एकसयमा ८४ दशमलव ७५ अंक ल्याएको थियो ।
ककनी गापाले दोस्रो स्थान हासिल गरी ८१ द्यशमलव ७५ अकं ल्याएको छ । तेस्रोमा पञ्चकन्या गाउँपालिकाले ७८ दशमलव ७५ अंक प्राप्त गरेको छ ।
नुवाकोटका १२ स्थानीय तहहरुमध्ये ६ वटामा सत्तारुढ दल नेपाली काङ्ग्रेस, ५ वटामा माओवादी केन्द्र र एउटा गापामा एमालेको नेतृत्व रहेको छ । किस्पाङ गापाले ७७ दशमलव २५ अंक प्राप्त गर्न सफल भएको छ ।

बेलकोटगढी नगरपालिकाले ७५ दशमलव ५० अंक प्राप्त गरेको छ । स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन उक्त मूल्याङ्कन हुदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार ति स्थानयि तहहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् । १२ स्थानीय तह रहेको नुवाकोटमा उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वर गापा पहिलो बन्न सफल भएको हो । सदरमुकाम समेटिएको सांढे तीन दशक पुरानो विदुर नगरपालिकाले ७२ दशमलव २५ र शिवपुरी गापाले ७० दशमलव ५० अंक प्राप्त गरेका छन् । उक्त मुल्यांकनमा तादी गाउँपालिकाले ६९ दशमलव ७५, लिखु गापाले ६८ दशमलव ५०, सूर्यगढी गाउँपालिकाले ६२ दशमलव ५०, म्यागङ गाउँपालिकाले ५९ दशमलव ७५ र तारकेश्वर गापाले ४९ दशमलव ७५ अंक प्राप्त गरेको नतिजामा उल्लेख छ ।
स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूलाई आफूले गरेको प्रगतीका आधारमा स्वमुल्यांकनं गर्दछन् । उक्त स्वमुल्याड्कन अनुसार भए नभएको संघीय सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको प्रतिवेदन हेरेर नम्बर प्रदान गर्ने गर्दछ । सोही आधारमा नै स्थानीय तहको स्तर निर्धारण गर्ने व्यवस्था रहेको छ । विशेषत स्वमुल्यांकनमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापनलाई आधार मान्ने गरिएको छ । नुवाकोट ऐतिहासिक, पर्यटकिय तथा धार्मिक क्षेत्रहरु रहेको पहाडि जिल्ला हो ।





