बिदुरः नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुलाई आवस्यक औषधिसमेत निःशुल्क प्दान गरिएको छ ।
विदुर नगरपालिका ५ देवीघाटस्थित देबीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि निःशुक्ल प्दान गरिएको हो । निजामती सेवा दिवस २०८२ का अवसरमा नुवाकोटको त्रिशूली अस्पताल र आयुर्वेद वैकल्पिक चिकित्सालय पिपलटारको संयुक्त आयोजनामा उक्त आश्रमममा आश्रित ४० जना वृद्ध बाआमाहरूलगायत ५१ जनाको स्वास्थ्य परीक्षण गरि आवस्यक औषधि निःशुल्क प्रदान गरिएको प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डा. नरेन्द्रप्रसाद गिरी र त्रिशूली अस्पतालका डा. सुदीप कोइरालगायतका स्वास्थ्यकर्मीहरुले वृद्धवृद्धा तथा सर्वसाधारणको स्वास्ीथय परिक्षण गरि आवस्यक औषधि निःशुल्क उपलव्ध गराइएको हो । देवीघाटस्थित वृद्धाश्रममा पहिले पनि उक्त प्रतिष्ठान र त्रिशूली अस्पताल बीच विगतमा गरिएको सम्झौता अनुसार स्वास्थ्य परिक्षण र औषधि उपचार हुदै आइरहेको छ । उक्त वृद्धाश्रम पुगेर सर्वसाधारणले जन्मदिन तथा विभिन्न अवसरमा आर्थिक, भौतिक सहयोगका साथै खाद्यान्नसमेत प्रदान गर्दै आइरहेका छन् ।





