बिदुरः प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य नुवाकोटको क्षेत्र २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अचुतम लामिछाने विजयी भएका छन् ।


उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले पाएको मत भन्दा दोव्वर वढि मत पाए । नुवाकोट २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका डा. लामिछानेले ३२ हजार ५४ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्वपर्धी कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले १५ हजार पांचसय ३ मत पाए । नेकपा एमालेका केशवराज पाण्डेले आठहजार दुइसय ८५ र नेकपाका हिरानाथ खतिवडाले ६ हजार सातसय २० मत पाएका छन् ।

उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले दुइहजार सातसय ५० मत पाएका छन् । सो क्षेत्रमा खसेको कुल ७० हजार चारसय ५२ मतमध्ये तीनहजार तीनसय ६२ मत बदर भएको छ ।

नुवाकोट २ मा ६७ हजार ९० मत सदर भएको थियो । नुवाकोट २ मा १२ दलका उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गरेका थिए । कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार भएको निर्वाचनमा नुवाकोटमा दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो । देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको दुवै क्षेत्रमा मतदाताहरुले उत्साहपुर्वक मतदान गरेका थिए ।





