बिदुरः नुवाकोटसंगै जोडिएको छिमेकी रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य भारी मतका साथ विजयी भएका छन् । उनले रसुवामा लगातार हयाट्रिक विजय पाएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका ई. मोहन आचार्य विजयी भएका हुन् ।


उनले १० हजार ६ सय ५६ मत प्राप्त गरी तेश्रो पटक विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै आचार्यले भारी मतान्तरले विजयी भएका हुन् । उनको यो तेस्रो जित हो ।

आचार्य रसुवाबाट गत २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस पटक उनका निकटतम प्रतिस्पर्धी रास्वपाका वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा रसुवामा ६० दशमलव ६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए । पांच स्थानीय तह रहेको रसुवामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना रहेका छन् । रसुवामा १२ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका थिए ।





