बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको चामपानीमा शुक्रवार यात्रुबाहक माइक्रोवस दुर्घटना भएको छ । यात्रुहरु घाइते भएका छन् ।


किस्पाङ गाउंपालिकाको साल्मेबाट काहुले हुदै त्रिशूली जाँदै गरेको लु१ज २८८१ नं.को यात्रुबाहक माईक्रोवस किस्पाङ गापा ५ चामपानी घुम्ती नजिकै दुर्घटना भएको हो । बच्चासहित ९ जना सवार उक्त माइक्रोवस दुर्घटनामा २ जना घाइते भएको स्थानीयवासीले जानकारी दिए ।

घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । माइक्रोवस सडकको कुनातर्फ दुर्घटना भएको हो ।







