बिदुरः देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको दुवै क्षेत्रको मतगणना जारी रहेको छ । शुक्रवार विहानदेखि नुवाकोटका दुवै क्षेत्रमा मतगणना कार्य भइरहेको छ । दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिएका छन् ।


विदुरस्थित नुवाकोट जिल्ला अदालतमा तयार गरिएको मतगणनास्थलमा नुवाकोट निर्वाचन क्षेत्र नं २ को र खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नं. १ को मतगणना कार्य जारी रहेको छ । यस पटक मतगणना कार्य एकैसाथ चार स्थानबाट गरिएकाले नतिजा चांडै आउने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले जानकारी दिए । २४ घण्टाभित्रै अन्तिम परिणाम दिनेगरि मतगणना कार्य भइरहेको उनको भनाई छ ।

नुवाकोट २ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अचेतम लामिछानेले अग्रता लिएका छन् । शुक्रवार पौने चार वजेसम्म कुल १३ हजार १८ मतमध्ये लामिछानेले पांचहजार चारसय ३९ मत पाएर अग्रता लिएका हुन् । कांग्रेसका जगदीश्वरनरसिंह केसीले दुईहजारनौसय १९ , नेकपा एमालेका केशवराज पाण्डेले दुईहजार पांचसय ११ र नेकपाका हिरानाथ खतिवडाले एकहजार सातचसय ६९ मत पाएका छन् ।

उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले एकसय ६० मत पाएका छन् । ६ सय ९९ मत बदर भएको छ । नुवाकोट २ मा १२ दलका उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा बेलकोटगढी नगरपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता, नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा पनि मतगणना कार्य भइरहेको छ । सम्पुर्ण मतपेटिका संकलन कार्य सकिएपछि सो क्षेत्रमा मतगणना सुरु गरिएको हो । सो क्षेत्रमा पनि रास्वापाले अग्रता लिएको छ । रास्वापाका उम्मेदवार विक्रम तिमिल्सिनाले पांचसय ७९, नेकपा एमालेका वद्री मैनालीले पांचसय १५, कांग्रेसक प्रकाशशरण महतले तीनसय ८२ र नेकपाका हितवहादुर तामाङले तीनसय ३६ मत प्राप्त गरेका छन् ।

ककनी गापा १ को मतगणनामा उक्त प्रारम्भिक विवरण सार्वजनिक भएको हो । नुवाकोट १ मा १८ र २ मा १२ गरि ३० जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार नुवाकोटमा दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।





