बिदुरः देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको मतगणना तयारी भएको छ । शुक्रवार विहानदेखि नुवाकोटका दुवै क्षेत्रमो मतगणना सन्चालन गरिने भएको छ । विदुरस्थित नुवाकोट जिल्ला अदालतमा तयार गरिएको मतगणनास्थलमा नुवाकोट निर्वाचन क्षेत्र नं २ को मतगणना शुक्रवार बिहान ७ बजेदेखि सुरु गरिने सहमति भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मध्यरात सम्पन्न सर्वदलीय वैठकले उक्त निर्णय गरेको हो । यस पटक मतगणना कार्य एकैसाथ चार स्थानबाट सुरु गरिने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले जानकारी दिए । २४ घण्टाभित्रै अन्तिम परिणाम दिनेगरि तयारी गरिएको उनको भनाई छ ।
कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार नुवाकोटमा दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो । उता, नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा सम्पुर्ण मतपेटिका संकलन गरिसकिएको छ ।
मतगणना शुक्रवारदेखि मात्र गरिने जनाइएको छ । तादी गापा कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सात बजे सर्वदलीय बैठक बसेर गणना कार्य प्रारम्भ गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । नुवाकोट १ मा १८ र २ मा १२गरि ३० जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।





