बिदुरः आफुले रोपेको आलुलगायतका तरकारी बाली भित्राउने र खेतमा धान रोप्ने समयमासमेत नुवाकोटवासीले विहीवार आफुले रुचाएका उम्मेदवारलाई मतदान गरेका छन् । देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनमा पहाडि संरचना रहेको नुवाकोटमा मतदाताले रुचिपुर्वक मतदान गरेका हुन् । पहाडि संरचना रहेको नुवाकोटमा विहान केहि चिसो भएपनि मतदाताहरुले आफुले रोजेका उम्मेदवारहरुलाई गोप्य मतदान गरेका हुन् ।


यस पटक नुवाकोटमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको छ । तीन वर्ष अगाडिको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोटमा ५४ प्रतिशत मत खसेको थियो । सो तथ्यांक नुवाकोटमा गत २०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा खसेको भन्दासमेत कम संख्या हो । नुवाकोटमा चार वर्ष अगाडिको स्थानीय तह निर्वाचनमा भने यस भन्दा निकै वढि अर्थात् ७१ प्रतिशत मत खसेको थियो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेकोमा ५५ दशमलव ७३ प्रतिशत अर्थात् एकलाख ३६ हजार चारसय ३१ जनाले विहीवार मतदान गरेको प्रारम्भिक तथ्यांक आएको प्रजिअ शम्भुप्रसाद रेग्मीले जानकारी दिए । तिमध्ये ७३ हजार सातसय ३० पुरुष, ६२ हजार पांचसय महिला र एक जना अन्यले मतदान गरेको रेग्मीले वताए ।

नुवाकोटमा सवैभन्दा वढि ककनी गापाको भवानी माविमा ७२ प्रतिशत र सवैभन्दा कम म्यागङ गापाको सीता आधारभुत विद्यालयमा ४१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय विहान ७ देखि सांझ ५ वजेसम्म रहेपनि मत दिने लाइनमा मतदाता वसिसकेपछि केहि समय ढिलोसम्म मतदान गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार नुवाकोटका सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएका छन् ।

नुवाकोटमा कायम दुईहजार नौ सय ५६ जना अस्थायी मतदातामध्ये अधिकांशले अभिरुचिपुर्वक मतदान गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अस्थायी मतदाताहरुका लागि चण्डीपोखरीस्थित केन्द्रीय कारागार र अस्थायी नामावली भएका र निर्वाचनका लागि खटिएका सम्वन्धित केन्द्रमै कर्मचारीको नामावली भएकाले मतदान गरेका थिए । विदुर नगरपालिका ६ चण्डीपोखरीस्थित नुवाकोट केन्द्रीय कारागारमा ९५ प्रतिशत अर्थात् एकसय ३५ जनाले प्रतिनिधि सभा समानुपातिकतर्फको मतदानमा सहभागी भएको नुवाकोटका जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरले जानकारी दिए ।

नुवाकोटका दुई सय ९४ मतदान केन्द्रमा मतदान कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका केहि उच्च स्थानमा चिसोसमेत भएको कारण विहान मतदाता ढिलो पुगेका थिए । दिउंसोसमेत खाना र खाजा खाएर मात्र मतदाता मतदान केन्द्र पुगेका थिए । कतिपयले खेत वारीमा उत्पादित कृषि उपज थन्काएर मतखान केन्द्र पुगेका कारण विहीवार वेलुकी अवेरसम्म पनि मतदान कार्य जारी रहेको थियो ।

मतदाता सांझ अवेरसम्म पनि उत्साहपुर्वक मतदान केन्द्रमा आफ्ना उम्मेदवारलाई मत खसालेका थिए । नुवाकोटको उच्च भेग ककनी, फिकुरी, घ्याङफेदी, शिखरवेशी, शिवपुरीलगायतका उच्च स्थानमा चिसो कायमै रहे पनि मतदाताले अभिरुचिपुर्वक मतदान गरेका छन् । खेतिपाती र दैनिक काम र चिसोको परवाह नगरि मतदाता मत खसाल्न आफ्ना केन्द्र पुगेका थिए । चिसो मौसम र छोटो दिन भएका कारण यस निर्वाचनमा भने नुवाकोटमा कम मत खसेको छ ।

कम मत खस्नुको कारण मतदाताहरुलाई राजनीतिप्रति चासो कम हुंदै जानु रहेकोसमेत पाइएको छ । विदुर र वेलकोटगढी नगरपालिका र १० गाउंपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना जनप्रतिनिधि चयनका लागि उच्च भेगका मतदाताहरु निकै उत्साहित भई मतदान गरेका छन् । विहीवार विहान सात वजेदेखि वेलुकी पांच वजेसम्म नुवाकोटमा दुई लाख ४७ हजार आठसय ६८ मतदातामध्ये ५४ दशमलव ८१ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा १८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम भएका महिला, वृद्धवृद्धा, अपांग, अशक्तले यस निर्वाचनमा निकै रुचिका साथ मतदान गरेका थिए ।नुवाकोटमा प्रतिनिधिसभा सदस्यका लागि दुई सिटका प्रतिनिधि सभातर्फ ३० जना उम्मेदवार रहेका छन् । क्षेत्र नं. १ मा १३ दलका र पांच स्वतन्त्रसहित १८ जना र क्षेत्र नं. २ मा १२ दलका उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

यसपटक मतदानका लागि बिदेशमा भएका र देशकै अन्यत्र स्थानमा रोजगारीमा रहेकाहरुलेसमेत आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।
हेलिकप्टरमार्फत गस्तीः
प्रतिनिधि सभाको निर्वाचनमा विहीवार नुवाकोटमा मतदानस्थलहरुको हवाई निरीक्षण गरिएको छ । सरोकारवाला तथा सुरक्षा निकायले हेलिकप्टरमार्फत नुवाकोटको दुवै क्षेत्रको हवाई निरीक्षण गरेको सुरक्षा निकायले जनाएको छ ।

दिउंसो हेलिकप्टरले गस्ती गरेपछि आम मतदाता निर्भिकतापुर्वक आआफ्नो केन्द्रमा पुगेर मतदान गरेका थिए । पांच वर्षका लागि आफ्नो क्षेत्रमा सांसद चुन्ने र नयां सरकार वनाउन प्रतिनिधि सभाको निर्वाचनमा मतदाता उत्साहित भएर मतदान गरेका हुन् ।
















