बिदुरः प्रतिनिधि सभाको निर्वाचनमा विहीवार गृहजिल्ला नुवाकोटका चर्चित नेताहरुले आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । कतिपयको केन्द्र गाउं र कतिपयको वजारमा रहेको थियो । पुर्वमन्त्रि तथा राष्ट्रियस्तरमा महत्व राखेका नुवाकोट गृहजिल्ला भएका राष्ट्रियस्तरमा चर्चित नेताहरुले आआफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।


पुर्वमन्त्रि तथा कांग्रेस नेता अर्जुननरसिह केसीले विदुर नगरपालिका ४ वट्टारस्थित नुवाकोट आदर्श वहुमुखि क्याम्पस मतदान केन्द्रमा पुगेर मतदान गरे । केसी कांग्रेसवाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उम्मेदवारसमेत हुन् । उनले देशको विकास, निर्माण तथा लोकतन्त्रको रक्षाका लागि जनसहभागितामा गरिने मतदान निकै महत्वपुर्ण रहेको वताए । केसीले संविधान र लोकतन्त्रको सम्मानमा नेपाली जनता सदैव अग्रणी रहेको वताए ।

वागमति प्रदेशमा निवर्तमान मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले आफ्नो केन्द्रवाट मतदान गरे । उनले नुवाकोटको किस्पाङ गाप –५ स्थित मनकामना स्वास्थ्य चौकी मतदान केन्द्रबाटे मतदान गरेका हुन् । वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि तथा नुवाकोट २ मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले वेलकोटगढी नगरपालिका १३ स्थित केन्द्रवाट मतदान गरे ।

उनले आम मतदाताले देश वचाउने पक्षमा आफ्नो मत जाहेर गरेको वताए । नुवाकोट १ का कांग्रेस उम्मेदवार तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पन्चकन्या गाउंपालिका २ को कविलासस्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरे । कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले जनताले विकास र परिवर्तन चाहेको र सोही अवसर प्रदान गर्ने दललाई रुचाउनेसमेत ठहर गरे ।

नुवाकोट २ का नेकपा उम्मेदवार हिरानाथ खतिवडाले विदुर नपा ७ तुप्चेस्थित मतदान केन्द्रमा पुगेर मतदान गरे । उता, नुवाकोट १ का ने्कपा एमालेका उम्मेदवार बद्री मैनालीले सुर्यगढीको मतदान केन्द्रवाट मतदान गरे । मतदाताले विकासप्रेमी नेतालाई साथ दिएको उनले दावी गरे ।

नुवाकोटका पुराना राजनीतिज्ञ, पुर्वमन्त्रि, राप्रपाका वरिष्ठ नेता तथा पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिखु गापा ६ मकैचौरमा रहेको महेन्द्र मावि मतदान केन्द्र्रमा पुगेर मतदान गरे । उनले परिवर्तनका आडमा देशमा जनतामाथि अन्याय भइरहेको आरोप लगाए ।

नुवाकोट १ का नेकपाका उम्मेदवार तथा पुर्वमन्त्रि हितवहादुर तामाङले पनि पन्चकन्या गापाको देवकीधरम मावि मतदान केन्द्रवाट मतदान गरे । वागमति प्रदेशकी निवर्तमान उपसभामुख राधिका तामाङले शिवपुरी ३ मा रहेको महेन्द्र मावि मतदान केन्द्रवाट मतदान गरिन् ।



















