बिदुरः यात्रु बसमा काठमाडौवाट नुवाकोट आउने क्रममा अचेत भएका एक जना युवकको मृत्यु भएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

काठमाडौबाट नुवाकोट किस्पाङतर्फ जाने क्रममा रहेको प्रदेश३–०१००५ख९४६५ नंम्वरको यात्रुबसमा अचेत भएका बिदुर नगरपालिका ९ लामाटारका २५ वर्षिय अमृत बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौबाट घर जाने क्रममा बसको सिटमा विश्वकर्मालाई विदुर नपा १ ढुंगे आइपुगेपछि अचेत अबस्थामा फेला पारी उपचारको लागी त्रिशूली अस्पताल नुवाकोटमा लगिएकोमा अस्पतालका चिकित्सकले सोमवार वेलुकी मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

यद्यपि, प्रत्यक्षदर्शीहरु भने युवक विकको गाडीमै मृत्यु भएको वताउंछन् । प्रहरीले घटनाको विशेष र गहन रुपमा अनुसन्धान सुरु गरेको डिएसपि लामाको भनाई छ ।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवक विश्वकर्माले अत्याधिक मात्रामा लागूऔषध सेवन गरेको अस्पतालको कागजातबाट देखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनलाई काठमाडौवाट घर जानका लागि उनका साथीहरुले बस चढाइदिएको जानकारी आएको प्रहरीले जनाएको छ ।





