बिदुरः नुवाकोटको विभिन्न स्थानमा सरकारको विरोध गर्दै सोमवार प्रदर्शन भएको छ । जेनजीका नाममा नुवाकोटको व्यस्त वट्टारलगायतका स्थानमा जुलुश, नारा, प्रदर्शन गरिएका हुन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध वट्टार, छहरेलगायतका स्थानमा प्रदर्शन भएको हो । पर्यटकिय तथा धार्मिक नगरी नुवाकोटमा भ्रष्टाचार, अव्यवस्था नियनत्रण गरिनुपर्ने माग गर्दै नयां पुरस्ताले नारा जुलुश गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अप्रजातान्त्रिक रहेको दावी गर्दै सोमवार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । नयाँ पुस्ताका युवा (जेनजी)हरुले नुवाकोटमा आन्दोलनस्वरुप जुलुश र प्दर्शन गर्दै सरकार विरोध नारासमेत लगाएका छन् ।
उनीहरुले पासाङल्हामु मार्गको वट्टार–त्रिशूली सडकखण्डमा जुलुश र नारा लगाउंदै प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै सडकमार्गमा विरोध गरेका हुन् । प्रदर्शनका कारण मुल सडकमार्ग अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरूले सकरार विरोध िनारा लगाउंदै ’गोली हान्न पाइँदैन, जनता मार्न पाइदैन’ लगायतका नाराहरू लगाएका छन् ।
घटना हृदयविदारक र दुखदः एमाले
नेकपा एमालेले जेनजीहरुको प्रदर्शनका क्रममा सोमवार भएको घटनालाई हृदयविदारक र दुखद् भनेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते परिवारप्रति संवेदना व्यक्त गरेका छन् । गौतमले घाइतेहरुको निःशुल्क उपचार सरकारसँग माग गर्दै हिंसा नलम्ब्याउन र वार्ताबाट समाधान खोज्नसमेत आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीले सोम भएको घटना हृदयविदारक र दुखद् भएको निष्कर्ष निकालेको छ ।’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।
‘घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुका परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं ।’





