बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको चौघडाकी एक वालिका खोलाले वगाएर वेपत्ता रहेकी छन् । उनको खोजीमा परिवार, आफन्तजन तथा सुरक्षाकर्मी खटिएका छन् ।
लिखु गाउँपालिका–४ चौघडा, नयाँबस्तीमा घाँस काट्ने क्रममा लिखु खोलाले बगाउँदा स्थानीय एक बालिका आइतबार वेलुकीदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु खोलाले बगाएर १२ वर्षीया बालिका रश्मी श्रेष्ठ दुई दिनदेखि बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार स्थानीय क्षेत्रपाल माविको कक्षा ६ मा अध्ययनरत वालिका श्रेष्ठलाई साथीहरूसँग घाँस काट्न गएको वेला लिखु खोलामा बगेर बेपत्ता भएकी हुन् । घटनालगत्तै वेपत्ता वालिकाको खोजी गरिए पनि उनको वास्तविकता हालसम्म पत्ता लाग्न नसकेको डिएपि लामाले वताए ।
वेपत्ता वालिकाको खोजीमा स्थानीयवासी, शिक्षक र प्रहरीको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र बनाएको छ । खोजी टोलीले विशेषगरी लिखु गड्खार पुल आसपास तथा घोडघाट क्षेत्र केन्द्रीत गरेर खोजी कार्य गरिरहेको छ ।






