बिदुरः भाषा अध्ययनप्रति विद्यार्थीहरुलाई रुचि जगाउने उद्धेश्यले नुवाकोटको विदुरमा भाषा शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याब्सन नुवाकोटले आफ्ना सदस्य बिद्यालयको नेपाली भाषा शिक्षकहरुलाई उक्त कार्यक्रम प्रदान गरेको हो ।

पहिलो पटक नेपाली भाषा– शिक्षण, पाठ्यक्रम– विमर्श तथा सृजनात्मक लेखन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यार्र्थीहरुको नेपाली भाषा अध्ययनप्रति रुचि बढाउन शिक्षकहरूलाई सिर्जनात्मक किसिमको शिक्षणबिधिबारे प्रशिक्षण गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।

उनका अनुसार प्याब्सन नुवाकोटले गुणस्तर शिक्षाको लागी यस्तै विभिन्न प्रकारका कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ । साथै पछिल्लोपटक शिक्षा बिद्येयकमा आएको गैह्रनाफामुलक भन्ने शब्द र १५ दशमलव पुर्ण छात्रवृत्ति सम्बन्धि असहमति जनाउदै निरन्तर खबरदारी र विभिन्न आन्दोलनको चरणमा रहेको छ । कार्यक्रम ऐरावती प्रकाशन प्रालिको ब्यवस्थापनमा प्रा.डा. देवी नेपालले नेपाली भाषा शिक्षण कलाको ज्ञानको चर्चा गरेका हुन । सबै सदस्य बिद्यालयबाट नेपाली भाषा शिक्षकहरुको कार्यक्रममा सहभागिता रहेका थिए ।





