बिदुरः गाउंवासीसीलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नुवाकोटको तारकेश्वर गाउँपालिकाका सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । जनगुनासो नआउने गरि गाउंमा स्वास्थ्य सेवालाई सवैको पहुंचमा पु¥याई सेवा प्रदान गरिने आयोजित कार्यक्रममा सरोकारवालाले औल्याएका हुन् ।

तारकेश्वर गापाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जनताको अपेक्षा र आवश्यकता अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शाखा र सबै स्वास्थ्य संस्था तथा केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिए । उनले स्वास्थय सेवालाई श्रोत र साधनले भ्याएसम्म आम सर्वसाधारणको पहुंचमा पु¥याउनुपर्ने वताए । आर्थिक वर्ष २०८१÷०८२ को सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गर्दै अध्यक्ष अधिकारीले जनगुनासो नआउने गरी सेवा दिनुपर्ने वताए । विगतका कमी कमजोरीहरू सुधार गर्दै आगामी दिनमा अझ गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थय सेवा सुनिश्चित गर्नुपर्ने बताए ।
स्वास्थ्य क्षेत्र अन्य क्षेत्रभन्दा विशेष, जटिल, संवेदनशील र जिम्मेवारीपूर्ण भएकाले यस क्षेत्रमा कार्यरत कर्मचारीहरूले अझ बढी इमानदारी, लगनशीलता र सेवा भावका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए । तारकेश्वर नुवाकोटको पर्यटकिय ग्रामीण भेग हो ।





