बिदुरः नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा पुगेर कर्मचारीहरुले खाद्यान्न तथा फलफुल प्दान गरेका छन् । निजामती कर्मचारीहरुले विदुर नगरपालिका ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरेका हुन् ।

हस्तान्तरण गरिएका खाद्य सामग्रीहरुमा चामल १० बोरा, दाल १० किलोग्राम, तेल १ बाक्सा, सरफ ५ केजी र साबुन २ बाक्सा रहेको छ । ति खाद्य सामग्रीहरु प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, कर्मचारी मिलन केन्द्रकी अध्यक्ष रोशना पोखरेल, केन्द्रीय सदस्य राजकुमार थापा, बागमती प्रदेश उपाध्यक्ष नारायण श्रेष्ठलगायतले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित खाद्य सामग्रीहरु २५ हजार रुपैया बराबरको रहेको प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालको भनाई छ । हाल उक्त जेष्ठ नागरिक मानव सेवा आश्रममा ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धवृद्धाहरुलाई खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय सातबिसेकी अधिकृत सावित्रा भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष टेकबहादुर अधिकारी, सचिव वासुदेव श्रेष्ठ, सहसचिव रामकुमार राईलगायत विभिन्न तह र ओहदामा रहेका कर्मचारीहरूको सहभागिता रहेको थियो । यसका साथै टोलीले वृद्ध बाआमाहरूको हात हातमा स्याउ र केरालगायत विविध खाद्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।





