बिदुरः सामाजिक सेवामा क्रियाशील तप्त युवा क्लव नुवाकोटको शनिवार विशेष साधारण सभा सम्पनन भएको छ । साधारणसभाले नयां कार्य समिति निर्विरोध चयन गरेको छ ।

विदुर नगरपालिका ३ को उक्त क्लवको साधारण सभाले सागर रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा सुजन श्रेष्ठ, उपाध्यक्षमा राजेश रिमाल, सचिवमा शान्ति रिमाल, सहसचिवमा दिनेश पण्डित, कोषाध्यक्षमा सुमन मुनाकर्मी र सहकोषाध्यक्षमा मंगलदाश श्रेष्ठ सर्वसम्मत रुपमा चुनिएका छन् ।
क्लवका सदस्यहरुमा सन्तोष नगरकोटी, सन्जय श्रेष्ठ, सीताकुमारी श्रेष्ठ, दीपक ढुंगेल, किसान नेपाली र मीना श्रेष्ठ चुनिएका छन् । क्लवले खेलकुद, सामाजिक, शैक्षिक, स्वास्थ्य, सचेतनालगायतका गतिविधि गर्ने जनाएको छ ।





