बिदुरः चाडपर्व नजिकिएसगै नुवाकोटकको बिदुरमा वजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु जफत गरि नष्ट गरिएको छ ।
विदुर नगरपालिकाले बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरीता कमी भएको सम्वन्धमा जनगुनासो आएपछि वजार अनुगमन गरेको हो । चालु आर्थिक वर्षको सुरुवाती चरणमा विदुर नपामा रहेका विभिन्न वजारहरुमा पुगेर छड्के अनजुगमन गरिएको विदुर नपाले जनाएको छ । वजार अनुगमन समितिले विदुर १, २, ४ र ९ मा रहेका ११ वटा विभिन्न खाद्य सामग्री तथा किराना पसलहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो । किसान पसलहरुहरुवाट म्याद गुज्रिएका अचार, विस्कुटलगायतका अखाद्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको विदुर नपा उद्योग शाखाका अधिकृत सुदर्शन सेढाइले जानकारी दिए ।

उनका अनुसार खाद्य गुणस्तरिय, स्वच्छता तथा म्यादभित्र मात्र सामान विक्रि वितरण गर्न सचेतसमेत गराइएको छ । उपभोक्ता संरक्षण, अधिकार तथा स्वास्थय सुरक्षामा जोड दिदै वजार अनुगमन गरिएको समितिका संयोजक तथा विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वताए । उनका अनुसार खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तरिय परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री वन्द गर्ने, मूल्यसूची सर्वसाधारणले देख्ने स्थानमा राख्नु पर्ने, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने साथै उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ नियमित रूपमा बजार निरीक्षण तथा अनुगमन गरिएको हो । वजार अनुगमन कार्यलाई निरन्तरता दिइने विदुर नपाले जनाएको छ ।
विदुर नपाले बजारमा बिक्री वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीको गुणस्तर जाँच, मूल्यसूची र तौल प्रणालीको अवस्था परीक्षण गर्दै उपभोक्ता अधिकार संरक्षणका लागि बजार अनुगमन गरिएको जनाएको छ । बजारमा बिक्री वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण गर्ने, म्याद गुज्रिएका सामानहरूको बिक्री रोकथाम गर्ने, मूल्यसूची, तौल तथा व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने लगायतका कार्यमार्फत उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ समय÷समयमा बजार निरीक्षण तथा अनुगमन गर्दै आएको छ । विदुर नपा वजार अनुगमन समितिका संयोजक गणेशकुमार नेपाल तथा समितिका सदस्यहरूको उपस्थितिमा विदुर १ ढुङ्गेबजार, विदुर २ र ४ बट्टार बजार तथा विदुर ९ कोलोनी बजारका विभिन्न पसलहरूमा निरीक्षण तथा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही पसलहरूमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएको तथा मूल्यसूचीमा एकरूपता नदेखिएकोले म्याद गुज्रिएका खाद्यवस्तु तत्काल नष्ट गरी सम्बन्धित व्यवसायीलाई मापदण्ड अनुसार व्यवसाय गर्न सचेत गराइएको छ ।
अनुगमनका क्रममा मूल्यसूचीमा एकरूपता नदेखिएकाले सुधार गर्न भनिएको अनुगमन टोलीले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताले म्याद गुज्रिएका वा गुणस्तरहीन वस्तु सेवन गर्न नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई प्रभावकारी वनाइएको अनुगमन समितिका संयोजक गणेशकुमार नेपालले वताए । उनले व्यवसायी र उपभोक्ता सुवै सचेत बन्नुपर्नेमा जोड दिए । बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्दै वडादशैं–तिहार जस्ता चाडपर्व सुरक्षित र खाद्य सुरक्षामा जोड दिदै स्वस्थ्य तरिकाले मनाउन भूमिका खेल्ने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।





