बिदुरः नुवाकोटको दुई स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुप्चेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको हो भने थानसिङमा भएको दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


बिदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको दुप्चेश्वर गाउंपालिका ६ नौबिसे स्थित गोल्फुभज्याङ–ढिकुरे सडकखण्डमा दुप्चेश्वरबाट सातबिसेतर्फ जादै गरेको बा५२प १३०४ नम्बरको मोटरसाइकल बाटो हिडिरहेको कुकुरसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पन्चकन्या गापा ४ का ५५ वर्षिय भैरव कार्कीको मृत्यु भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सख्त घइते भएका कानर्कीलाई उपचारको लागी काठमाडौ लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

कार्कीको शव शनिवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पाष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । यसैवीच, काठमाडौवाट नुवाकोट प्रवेशको छोटो दुरीको टोखा–छहरे सडकखण्डको छहरेमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ ।

लिखु गाउ.पालिका ६ स्थित छहरेमा विपरित दिशातर्फवाट आएको दुई वटा मोटरसाइकल दुर्घटनाग्रस्त हुंदा दुवै चालक घाइते भएका हुन् । स्थानीय विनोद पाठक र अर्का युवक घाइते भएका हुन् भने पाठकको देव्रे खुट्टाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।





