बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटका विभिन्न स्थानमा प्रभाव पारेको छ । जसका लागि किस्पाङ गाउंपालिका र रेडक्रसवीच साझेदारी सुरु भएको छ । किस्पाङ गापा र नेपाल रेडक्रस सोसाइटीवीच गत भदौ १० गतेको प्रलयकारी बाढीको प्रतिक्रिया, पुनर्लाभ तथा पुनस्र्थापनाका लागि साझेदारी सम्झौता भएसंगै कार्य सुरु भएको हो ।


बाढीबाट प्रभावित समुदायहरुको तत्कालिन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ, पुनस्र्थापना र भबिष्यमा हुन सक्ने विपद तथा जलबायुजन्य जोखिमप्रति उत्थानशीलता अभिबृद्धीका लागि सहकार्य गर्ने उद्धेश्यले साझेदारी सम्झौता भएकोे छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट र किस्पाङ गापाबीच विनासकारी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोगसहितका विभिन्न प्रतिकार्यका कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले वताए ।

किस्पाङ गापा काहुलेमा आयोजित कार्यक्रमकावीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको उपस्थितिमा रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठ र किस्पाङ गापाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । त्रिशूली बाढीबाट श्रृृजित विपद् प्रतिकार्य, पुर्नलाभ तथा पुनस्थापनाको लागि रेडक्रस र किस्पाङ गापाले समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौता गरेसंगै बिपद सम्वन्धि कार्य सुरु भएको छ ।










