बिदुरः जाडोयामको सुरुवातसंगै नुवाकोटको बट्टारमा रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडाका साथै शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।


बिदुर नगरपालिका २ बट्टारस्थित भीमसेन माविमा अध्ययनरत तीनसय जना विद्यार्थीहरुलाई ग्रेस मिसन फाउण्डेसन नेपालद्वारा न्यानो कपडा स्वेटर, कापी र कलम वितरण गरिएको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । उनका अनुसार यसवाट विद्यार्थीहरुलाई सहजता भएको छ ।










