बिदुरः वढ्दो सामाजिक सन्जाल दुरुपयोग रोक्न नुवाकोटकको बिदुरमा प्रहरीलाई आवस्यक प्रशिक्षण दिइएको छ । जसअन्र्तगत प्रहरीहरुका लागि सन्चालित “सामाजिक सञ्जालको सदुपयोग तथा आचारसंहिता सम्बन्धि अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरी निरीक्षक विवेक आलेद्वारा “सामाजिक सञ्जालको सदुपयोग तथा आचारसंहिता सम्बन्धि अनुशिक्षण” प्रदान गरिएको हो ।


उक्त अनुशिक्षणमा सामाजिक सञ्जालको मर्यादित, जिम्मेवार र सुरक्षित प्रयोग, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सावधानी तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी गराइएको थियो । यसका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक उज्ज्वल घलेद्वारा जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतका कार्यालयहरूमा कार्यरत ६४ जना प्रहरी कर्मचारीहरूलाई लक्ष्यित गरी रक्षात्मक सवारी, ट्राफिक नियमको पालना तथा व्यक्तिगत सुरक्षा सम्बन्धि अनुशिक्षण कार्यक्रम” सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रममा रक्षात्मक सवारी सञ्चालनका विद्यि, ट्राफिक नियमको प्रभावकारी पालना, सवारी दुर्घटना न्यूनीकरण तथा व्यक्तिगत सुरक्षा सम्बन्धि विषयमा अनुशिक्षण प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक विवेक आलेद्वारा कार्यरत प्रहरी कर्मचारीहरूलाई “भीड नियन्त्रण अभ्यास तथा स्टान्टु अभ्यास कार्यक्रम” सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा भीड नियन्त्रण तथा प्रहरीद्वारा क्षति न्युनीकरणका विषयमा प्रशिक्षण दिइएको थियो ।















