बिदुरः स्वास्थ्यकर खानपिनमा जोड दिदै नुवाकोटको ग्रामीण भेगमा सर्वसाधारणको स्वास्थ्य परिक्ष्णा गरिएको छ । चाडपर्वको समयमा आमसर्वसाधारणलाई सुविधा पुगेको छ ।


मुख्यपर्व बडादशैं २०८३ को अवसरमा नुवाकोटको शिवपुरीमा मिनि स्वास्थ्य परिक्षण शिविर गरिएको त्रिशूली अस्पताल नुवाकोटले जनाएको छ । अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४८ जनाको स्वास्थ्य उपचार तथा आवस्य परामर्श सेवा दिइएको अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्रकुमार लामाले जानकारी दिए ।

उनका अनुसार शिविरमा स्वास्थ्य उपचारका लागि सदरमुकाम तथा काठमाडौं जान नसक्ने विरामीरुले लाभ लिएका हुन् । स्वास्थ्यलाई ध्यान राखेर चाडपर्वमा स्वास्थ्यकर खानेकुराहरू खाएर पर्व मनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका हुन् ।







