बिदुरः एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको बहुप्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को दोस्रो गीत सार्वजनिक भएको छ । मुस्ताङको मनमोहक हिमाली दृश्यमा छायांकन गरिएको ‘माया मान्छौ र’ बोलको गीतमा चर्चित अभिनेता मुकुन भुसाल र सफल अभिनेत्री सुरक्षा पन्तको जोडीलाई आकर्षक रोमान्टिक रुपमा देख्न सकिन्छ । आशिष अविरल र मेलिना राईको सुमधुर स्वरमा सजिएका उक्त गीतले चलचित्रप्रतिको आकर्षण र कौतुहलता थप बढाएको छ ।


वहुप्रतिक्षित र चर्चित नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’ को दोश्रो गीत सार्वजनिक भएको हो । यसअघि नै सो चलचित्रको प्रदर्शन मिति तय गरिएसंगै शीर्षगीत“ओई ओई चमेली तम्रा शेरे खोइ” गत महिना सार्वजनिक गरिएको थियोे । देशको समसामयिक अवस्थाका कारण निर्माण पक्षले पूर्व घोषित प्रदर्शन मिति परिवर्तन गरि निर्माण पक्षले नया प्रदर्शन मिति सार्वजनिक गरेसंगै सो चलचित्रको शीर्ष र दोश्रोगीत सार्वजनिक भएको हो ।

मुस्ताङको विभिन्न मनमोहक दृश्य संग्रहित यस चलचित्र सफल तथा अनुभवी एभरेष्ट सूर्य बोहरा निर्देशित नवौं चलचित्र हो । यसअघि ‘चमेलीको पोइ’ र वडादशैंको छेको पारेर यहि असोज १६ गते मंगलवारदेखि देश तथा विदेशमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’ बडादशैंको अवसर पारेर असोज १६ गतेबाट प्रदर्शनमा आउने पक्का भएको निर्माता रामनारायण उपाध्यायले बताए । उनले चलचित्र र यसको गीत निकै राम्रो बनेको वताए ।

निर्देशक एभरेष्ट सुर्य बोहराले निकै मेहनत गरेर वनाइएको चलचित्रको प्रदर्शन मिति नजिक आउंदै गर्दा निकै खुसी लागेको वताए । सो चलचित्रमा मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल रहेका छन् । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी भने गराएको छैन, चलचित्र नै कुर्नु पर्ने भएको छ । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको ‘चमेलीको पोइ’ को निर्माता रामनारायण उपाध्यायले निर्देशक बोहराको समूहले निकै मेहनतका साथ सवै परिस्थिथितिको आंकलन गरेर समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गर्दै नयां प्रदर्शन मिति तय गरिएको जनाएका छन् ।

हामीले बनाएको हाम्रो चलचित्र ‘चमेलीको पोई’ महत्वपूर्ण छ, हामीहरु ऋव चलचित्रलाई दर्शकहरुसम्म लैजान आतुर छौ निर्देशक बोहराले वताए । यसअघि नै ‘चमेलीको पोई’ को पोस्टर र शीर्ष गीतबाट चर्चा पाएको चलचित्र प्रदर्शनका लागि आफुहरु अव हलमा दर्शकहरुकोे पर्खाइमा रहेको निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई छ । निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको सो चलचित्रको निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् । उदयविक्रम राणा, रितु मल्लठकुरी तथा कपिल आचार्य कार्यकारी निर्माता रहेको सो चलचित्रको सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली तथा सुदीप कुँवर हुन् ।

यसै चलचित्रमार्फत लामो समयपछि चर्चित हास्यकलाकार नारायण त्रिपाठी कमव्याक भएका छन् । चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएलशाही, रितु मल्लठकुरीलगायतले अभिनय गरेका छन् । यस चलचित्रको गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व रहेको छ । यसको प्रदर्शनसंगै निर्माण पक्षले अर्को चलचित्रको तयारी सुरु गर्ने जनाएको छ ।











