बिदुरः चीनको भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट अकल्पनीय रुपमा आएको बाढीले गरेको क्षतिको पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराइले बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका छन् । बाढी आएको २२ दिनपछि भट्टराइले वुधबार दलबलसहित नुवाकोटको विभिन्न स्थानको निरीक्षण तथा अवलोकन गरेका हुन् । यही भदौ १० गते बुधबार भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा हजारौं घर, सयौं पुल, जलविद्युत, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो ।


डा. भट्टराइले बाढीग्रस्त नुवाकोटको विभिन्न वजारको अवलोकन गर्नुका साथै जनप्रतिनिधिसंग बाढीले गरेको क्षतिका सम्वन्धमा जानकारीसमत लिए । बाढीको क्षतिको पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा स्थलगत अवलोकनका साथै जानकारी लिएका हुन् । उनले भोटेकोसी हुदै त्रिशूली नदीमा आएको बाढीले पु¥याएको प्रभाव तथा अहिलेको अवस्थाबारे बाढीग्रस्त स्थालका साथै विदुर नगरपालिकाको कार्यालयमा पुगेर जानकारी लिएका हुन् ।

उनले जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नपाका मेयर राजन श्रेष्ठ, रास्वपा नुवाकोट सभापति रामेश्वर गजुरेललगायतसँगको अन्र्तक्रियात्मक छलफलमा बाढीबाट नुवाकोटमा भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा पछिल्लो परिस्थितिबारे जानकारी लिएका हुन् । उनले पुर्नस्थापनाका लागि तीनै तहको सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए । बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौँ व्यक्ति घरबारविहीन भएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराइले आफ्ना कार्यकर्ताको दलबलसहित पुगेर बाढीग्रस्त नुवाकोटको ढुङ्गे र त्रिशूली बजार तथा भग्नावशेष भएको स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् ।

उनले सरकारले प्रभावकारी रूपमा पुर्नस्थापना र पुनर्निर्माणसँगै पीडितहरूको लागि सुरक्षित पुर्नवासको व्यवस्था गर्नुपर्ने बताए । अवग छिट्टै चाडपर्व तथा चाडोयाम सुरु हुन लागेकाले पुर्नस्थापनाको विकल्प नरहेकोसमेत उनले वताए । डा. भट्टराइले पीडितहरुलाई ढिलो नगरी सुरक्षित स्थानमा पुर्नस्थापना गर्न माग गरेका छन् । तीनै तहको सरकारले विपत्तिको सामना गर्न विविध कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिदै पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनस्र्थापनामा उनले जोड दिएका छन् ।

बाढीले क्षति गरेका नुवाकोटको विभिन्न सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनले बताए । अव सरकारले पुर्नस्थापनाको मुल कार्य सुरु गर्नु पर्ने उनले डा. भट्टराइले सुुझाव दिए । काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त स्थान पुगेका डा. भट्टराइले बाढीपीडितहरूसँग भेट गरी उनीहरूका गुनासोसमेत सुनेका थिए । उनले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण तथा अवलोकन गरे ।

पूर्वप्रधानमन्त्री डा. भट्टराइले बाढीले नुवाकोटको विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले पारेको प्रभावसम्बन्धी जानकारीसमेत लिएका हुन् । डा. भट्टराइको साथमा पुर्वमन्त्रि हिसिला यमीलगायत नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुले बाढीग्रस्त नुवाकोटको विभिन्न स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।










