बिदुरः भोटेकोसी हुदैँ रसुवागढीवाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले मुख्य सडक तथा पुलहरुमा ठुलो क्षति पु¥याएपछि नुवाकोटमा अवरुद्ध भएको सडक सुचार गर्ने कार्य भइरहेको छ । नयां ट्रयाक खनेर देवीघाट–गल्छी सडक १७ दिनमा सन्चालनमा ल्याइएको छ । उक्त सडकवाट आवतजावत सुचारु भएको छ । उक्त सडकमार्गको वीचमा रहेको बेलकोटगढी नगरपालिका–७ महादेवफांट पुछार छविसे धन्सारमा बाढीले सडकसहित कटान गरेपछि दुई सातासम्म लगातार दैनिक पांच थान स्काभेटरमार्फत नयां ट्रयाक खोल्ने कार्य गरिएको थियो ।


भदौ १४ गते आइतवारदेखि उक्त स्थानमा त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि यातायात ठप्प भएको थियो । लगातारको मर्मत र नयां ट्रयाक खोलिएपछि यातायात सन्चालन सुचारु भएको बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले बताए । बाढीले पुल ध्वस्त पारेर अवरुद्ध भएको नुवाकोट र रसुवा जोड्ने वेत्रावतिमा हिडडुलका लागि अस्थायी संरचनाको निर्माण सुरु गरिएको छ । त्रिदेहिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवघिाट–बिदुर–रसुवागढी सडकमार्गमा रहेको नुवाकोटको विदुर नपा–१० वेत्रावतीमा त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले ठूलो भौतिक तथा मानवीय क्षति गरेको थियो ।

नुवाकोटको बिदुरवाट वेत्रावती पुग्न सहज पहुँच मार्ग छैन । मर्मत कार्य जार िरहेको छ । यसअघिको मुख्य सडकअन्तर्गत झण्डै दुई किलोमिटर सडक क्षतिग्रस्त हुँदा आवतजावतमा ठूलो समस्या रहेको वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ । उनका अनुसार तत्काल सडक सञ्चालन आवश्यक रहेको छ । जस अनुसार वेत्रावतीमा नुवाकोट–रसुवा जोड्ने फड्के निर्माण सुरु गरिएको छ । चार दिन अगाडि दुई दिन लगातार वनाइएको फड्के बाढीले वगाएपछि वुबवारदेखि फेरी अर्को फड्केको पुर्ननिर्माण सुरु गरिएको स्थानीयवासी वताउंछन् ।

बाढीले वेत्रावती बजारस्थित नुवाकोट र रसुवा जोड्ने दुई पक्की पुलमा क्षति पु¥याएपछि आवागमन ठप्प रहेको छ । खोज तथा उद्धारका लागि वेत्रावती पुगेको संयुक्त सुरक्षाकर्मीको टोलीलाई स्थानीयवासीले नुवाकोट–रसुवा जोड्न फड्के भए पनि निर्माण गर्न आग्रह गरेका थिए । स्थानीयको आग्रहअनुसार फड्के निर्माणको काम सुरु भएको हो । वेत्रावतीमा निर्माण भइरहेको फड्केबाट रसुवा र नुवाकोट चाँडै जोडिने आशा गरिएको छ ।

यता, विदुर नगरपालिकाको नं ५ देवीघाट र बिदुर ३ फिर्केप वारपार गर्न त्रिशूली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु हुने भएको छ । विदुर नपा कार्यालयको तर्फबाट मेयर राजन श्रेष्ठले ब्रिटिश गोर्खाज नेपालसंग पुल निर्माणको लागी समझदारी गर्दै केहि दिन भित्रै काम सुरु गर्न लागिएको जनाइएको छ । पुल निर्माणको लागी गरिएको प्राविधिक सर्वेक्षण अनुसार झण्डै एकसय ९० मिटर लाामो नयाँ झोलुङ्गे पुल निर्माण गर्न लागिएको मेयर राजन श्रेष्ठको भनाई छ ।

भोटेकोशी हुदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले सडक पुल लगायतका संरचना बगाएसगैँ हाल बिदुर नगरबासी एक ठाँउबाट अर्को स्थानमा जान भइरहेको असहज परिस्थितिलाई सहज बनाउनको लागी उक्त समझदारी गरिएको हो । नगर विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय भए अनुसार बिदुर नपा ४ सिमचौरबाट बिदुर १२ गौरीबेशीँ जोड्ने त्रिशूली नदीमा बेलीब्रिज निर्माणको लागी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

मेयर राजन श्रेष्ठ ज्यूको पहलमा उक्त स्थानमा यसै सातादेखि तुइन सञ्चालनमा ल्याइएको छ । उक्त स्थानमा छिट्टै बेलिब्रिज निर्माणको लागी आवश्यक निकायहरुसंग समन्वय गरेर काम अघि बढाउन लागिएको छ । यसवाट नुवाकोटको पश्चिमी भेग जोडिने जनाइएको छ ।






