बिदुरः नुवाकोटको एकमात्र संस्कृत माविलाई एक वैंकले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको छ । बिदुर नगरपालिका ५ देवघिाटस्थित शहिद जगतप्रकाशजंग शाह संस्कृत माविमा सिटिजन इन्टरनेसनल बैंक लिमिटेड देवीघाट शाखाले खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको हो । वैंकले कार्यक्रमकावीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उक्त संस्कृत विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएको हो ।


यसवाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा विशेष योगदान पुगेको प्रधानाध्यापक मन्जु चित्रकारले जानकारी दिइन् । विद्यालयलाई फुटवल, भलिवल, क्रिकेट बल तथा खेल सामग्रीहरु, खेलाडि पोशाक, नेटलगायतका सामग्रीहरु वैंकका शाखा प्रमुख ठाकुरप्रसाद धितालले विद्यालयका अध्यक्ष मानवहादुर डंगोल, प्रअ मन्जु चित्रकारलगायतलाई हस्तान्तरण गरेका हुन् । संस्कृत पठनपािठन हुंदै आएको सो विद्यालयमा झण्डै आठसय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।








