बिदुरः नुवाकोट उद्योग वाणिज्य संघले बार्षिक साधारण सभाको तयारी सुरु गरेको छ । उक्त सभामा नयां नेतृत्व चयन हुनेछ । संघले आगामी पुस ३ गते बिदुरमा वार्षिक साधारण सभा तथा पुस ४ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।


यससंगै सदस्यता नवीकरण कार्य सुरु गरिएको छ । संघको कार्यसमिति पुर्ण बैठकले वार्षिक साधारण सभामा नयां नेतृत्वको निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाइने तयारी गरेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुस ४ गते हुने निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिनेछ ।

नयाँ नेतृत्वका लागि हाल कार्यसमितिमा रहेका पदाधिकारीहरू आकांक्षी रहेको जनाइको छ । यद्यपि, आधकिारिक रूपमा कसैले पनि उम्मेदवारीका सम्वन्धमा औपचारिक घोषणा गरेका छैनन् । निर्वाचनको समयमा नजिकिँदै जाँदा संघभित्र नेतृत्व चयनको गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।






