बिदुरः सरकार विगतको बाचा पुरा गर्न कटिवद्ध रहेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दावी गरेका छन् । वर्तमान सरकार अन्य सरकार जस्तो नभएको उल्लेख गर्दै मन्त्रि तिमिल्सिनाले यो देशमा अव रास्वपाको सरकारले परिवर्तन गर्ने ठहर गरेका छन् । नुवाकोटको शिवपुरीमा रास्वापाको प्रथम पालिका अधिवेसन उद्घाटन गर्दै मन्त्रि डा. तिमिल्सिनाले सरकार वनेको छोटो अवधिमा जनतामाझ गरिएका कतिपय बाचाहरुलाई सम्वोधन गरिसकेको दावी गरे । उनले वर्तमान सरकारले ल्याएको वजेट जनताकै पक्षमा रहेको वताए ।


उनले सरकरवाट गरिएका नवीनतम कार्यबाट जनतामा आशा जगाएको दावी गरेका छन् । जनतालाई आस्वासनमात्र दिनेहरु वर्तमान सरकारको कार्यप्रति अत्तालिएकोसमेत मन्त्रि डा. तिमिल्सिनाले वताए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी शिवपुरी गापा प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेसनले नरेन्द्र गोतामेको सभापतित्वमा ९ सदस्यीय कार्यसमिति सर्बसम्बत चयन गरेको छ ।

यस्तै, रास्वपा तादी गापाको पालिका अधिवेशनबाट सभापतिमा देवेन्द्रराज पाण्डे सर्वसम्मत भएका छ । ककनीको प्रथम अधिवेशनबाट सभापतिमा रोजिन तामाङ सर्वसम्मत भएका छन् । मन्त्री डा. तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका काय र नयां वजेटबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा भएको बताएका छन् । ‘जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा आफु र अहिलेको सरकारले इमान्दार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको वताए ।

आफुलाई मत दिएका मतदाताहरुलाई धन्यवादसमेत दिदै उनले अगाडि भने, ‘पाँच वर्षका लागि काम गर्न प्राप्त जिम्मेवारीमा सरकारले एक सय दिन, छ महिना, एक वर्ष हुँदै पाँच वर्षमा के–के गर्ने भनेर लक्ष्य लिएको छ । सोही लक्ष्य पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ ।’
सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतमा राजनीतिले देशका विभिन्न निकाय र सार्वजनिक सेवा प्रवाहलाई गलत तरिकाले नियन्त्रणमा लिएर जनतामाथि अन्याय हुदै आएको वताए ।

वर्तमान सरकार जनतालाई पहिले भएको अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘देशको विकास र परिवर्तनका लागि अहिलेका जनता निकै सचेत रहेका छन् । जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकारले काम गरिरहेका उल्लेख गर्दै उनले सरकारका लागि देश र जनताभन्दा कुनै अर्को ठूलो प्राथमिकता नभएको वताए ।

सरकार गठन भएको छोटै अवधिमा सामान्य नागरिकलेसमेत महसुस हुने गरेर सुधार गरिएको उनको भनाइ छ । देशमा पहिलेदेखिका विभिन्न समस्या र युवा वर्गको नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउन प्रधानमन्त्रि बालेन्द्र शाहको सरकारले काम गरिरहेको उनले वताए । अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई सरकारले परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उनले वताए ।

जनतामा आशावादी आग्रह गर्दै मन्त्रि डा. तिमिल्सिनाले सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाकलगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको वताए । सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्षकोे बजेटमा नवीन योजना र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमसहितको समावेश गरि जनपक्षिय वनाइएको दावी गरे । विगतका वर्षका बजेटमा राजनीति र शक्तिको पहुँच हाबी हुने गरेकाले आगामी वर्षको बजेटमा सामाजिक न्याय, जनताको माग र सरकारको लक्ष्यअनुरूप देश विकासको मुहार झल्किएको ‘नयाँ भिजन’ सहितको रहेको उनले उल्लेख गरे ।

योजनाका लागि राजनीतिक दल, नेता, सांसद र मन्त्रीको ढोका चहानुपर्ने बाध्यता अन्त्य गर्दै पछि परेका वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्वसहितको बजेट सरकारले ल्याएको उनले दावी गरे । जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टीपङ्क्तिलाई सुझावसमेत दिए । मन्त्रि डा. तिमिल्सिनाले देशको प्रमुख समस्या बिचौलिया र भ्रष्टाचार भएको बताउँदै त्यसको अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । साथै उनले सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सरल, सन्तुलित र जनमुखी बनाउने प्रयास गरेको उल्लेख गरे ।

नयाँ नेतृत्व चयनका लागि सौहाद्र्रपूर्ण वातावरणमा निर्णय गरिएको र नमूना कार्य हुदै आएको वताए । ‘देशमा लामो समयदेखि राजनीतिलाई कमाउने भाँडो, आफ्ना मान्छेलाई जागिरमा लगाउने माध्यम र पहुँचमा भएका व्यक्तिको चाहनाअनुसार प्रयोगमा ल्याइयो,’ उनले अगाडि भने, ‘रास्वपाको राजनीति जनताको सेवा गर्ने माध्यम हो, जिम्मेवारीमा पुग्ने एउटा साधन हो, साध्यका रुपमा लिनु हुँदैन ।’ देश र जनतालाई निश्चित ठाउँमा पु¥याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उनले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने वताए ।

मन्त्री तिमिल्सिनाले पदलाई प्राप्तिका रूपमा नलिई राजनीतिक जिम्मेवारीका रुपमा लिएर सङ्गठनलाई अघि बढाउन, विगतका बिग्रँदो राजनीतिलाई सुधार गर्न र आगामी स्थानीय तहको चुनावको तयारीमा ध्यान दिन आग्रह गरे । पार्टीका विभिन्न तहमा अहिले भइरहेका निर्वाचनमा पदको प्राप्तिभन्दा देश निर्माणमा आफ्नो जिम्मेवारीका रूपमा लिएर सौहाद्र्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न उनले सुझाव दिए । रास्वपा शिवपुरी गापाको पालिका अधिवेशनले उपसभापतिमा रञ्जु तामाङ र सचिवमा नवराज थापा चयन भएका छन् ।



















