बिदुरः नुवाकोटको बेलकोटमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रम सन्चालन गरिएको छ । सार्वजनिक स्थल सफाई कार्यक्रम गरिएको हो । वेलकोटगढी नगरपालिका १० मा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणलाई ध्यानमा राखी डस्टबिन वितरण गरिएको हो ।


सार्वजनिक स्थललाई सफा राख्ने र प्लाष्टिक फोहोरको असरबारे स्थानीयवासीलाई सचेत गराउन सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियानका लागि २० वटा डस्टबिन सार्वजनिक स्थानमा राखिएका छन् । पूर्व जनप्रतिनिधि राजाराम पाण्डेको अगुवाईमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका संयोजक पाण्डेका अनुसार वडा क्षेत्रमा बढ्दो प्लाष्टिकजन्य फोहोरले वातावरण मात्र नभई, मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले अभियान गरिएको हो । उनका अनुसार बेलकोटगढी १० मा स्वयंसेवक परिचालन गरी विशेष सफाइ तथा प्लाष्टिक फोहोर संकलन अभियान सञ्चालन गरिएको हो । जर्मन नागरिक थोमस शिव र वर्षा थपलियाको सहयोगमा डष्टविन राखिएको हो ।

अभियानले पछिल्लो समय वातावरण संरक्षणका लागि यस्ता अभियान आवश्यक रहेको रेडक्रसकर्मी श्रीराम पाण्डेले बताएका छन् । उनले डस्टबिन वितरण मात्र नभई प्लाष्टिकको प्रयोग कम गर्ने, पुनःप्रयोग र उचित व्यवस्थापनतर्फ सबै नागरिक जिम्मेवार हुनुपर्ने धारणा राखे । बेलकोटगढी नुवाकोटको पर्यटकिय स्थलसमेत हो ।








