बिदुरः दुई दिनको लगातार विदापछि नुवाकोटको त्रिशूली अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मीयाम र विदाका कारण विरामीको चाप साविकको तुलनामा वढेको हो । लगातार शनिबार र आइतबार दुई दिन बिदा भएपछि सोमबार त्रिशूली अस्पतालमा बिरामीको अत्यधिक चाप वढेको हो ।


एकै दिन झण्डै एकक हजार जनाले अस्पतालवाट सेवा लिएका छन् । अन्य निजी अस्पतालमसमेत विरामीको चाप वढेको थियो । नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको त्रिशूली अस्पतालमा सोमवार एकैदिन आठसय ४१ जनाको स्वास्थ्य उपचार गरिएको अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

उनका अनुसार विरामीहरु आकस्मिक र वहिरंगतर्फ दुवैमा आएका थिए । डा. लामाले जाँच गराएकामध्ये ५ सय २५ जना बिरामी फलोअपका लागि आएको, तनिसय १६ जना नयाँ बिरामी रहेका थिए । अस्पतालका निर्देशक डा. लामाका अनुसार बिरामीमध्ये धेरैले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन् । जाँच गराउनेमध्ये पांचसय ३७ जनाले स्वास्थ्य बीमा प्रयोग गरेका थिए ।

स्वास्थ्य बीमा नभएका तीनसय चार जनाले उपचार गरेका छन् । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार एकै दिन लगातारको विदा र गर्मी वढेका कारण धेरै बिरामीले स्वास्थ्य उपचार गराएका जनाएका छन् । उनका अनुसार उक्त संख्या हालसम्मकै धेरै संख्या रहेकोे छ । अस्पतालका अनुसार लगातारको सार्वजनिक बिदाका कारण बिरामी एकै दिन धेरै संख्यामा आउने अवस्था सिर्जना भएको हो ।






