बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्याको घ्याङस्वारामा गरिएको चिया खेतिले उत्पादन दिन सुरु गरेको छ । उत्पादित चिया टिपेर प्रशोधन गरिएको छ ।सदरमुकाम बिदुरदेखि ३५ किलोमिटर दुरीमा रहेको पन्चकन्या गाउँपालिका ४ घ्याङस्वारामा गरिएको चिया खेतीले उत्पादन दिन सुरु गरेको हो ।


चिया खेतिले उत्पादन दिन सुरु गरेपछि यसले महत्वपूर्ण सफलता हासिल गरेको पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ । उनका अनुसार तीन वर्षअघि सुरु गरिएको चिया खेति कार्यक्रमअन्तर्गत रोपिएको चिया उत्पादनमा आएको छ । उत्पादित चिया टिप्ने कार्यसंगै प्रशोधन सुरु गरिएको छ ।

उक्त कार्यक्रमले स्थानीय श्रमिकहरूलाई रोजगारी प्रदान गर्दै आत्मनिर्भर हुने मार्गमा अगाडि बढाएको पन्चकन्या गापाले जनाएको छ । उत्पादन भएर टिपिएको चिया हाल प्रशोधन गरिएको छ । यसवाट प्रशोधित चिया बजारमा पु¥याउने लक्ष्य राखिएको छ । पञ्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले चिया उत्पादन पन्चकन्याको कृषिमा विशेष सफलता भएको वताए ।

चिया उतपादनले पन्चकन्याको आर्थिक समृद्धि र स्थानीय रोजगारीको महत्वपूर्ण आधारको रूपमा रहेको छ । उत्पादन भएर टिपिएको चिया प्रशोधन गरिएको छ ।पन्चकन्यामा उत्पादित राष्ट्रिय चिया तथा कफी विकास वोर्ड ककनीमा प्रशोधन सुरु गरिएको हो । श्रम, लगनशीलता र निरन्तर प्रयासको परिणामस्वरूप चिया उत्पादनले बजारतर्फको यात्रा सुरु गरेको पन्चकन्या गापा उपाध्यक्ष विमला पाठककेसीले वताइन् ।

यसले स्थानीय रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फकोे अभियान अगाडि वढेको उनको भनाई छ । उत्पादित चिया टिप्ने कलासमेत सिकाइएको छ । पञ्चकन्या गापा रोजगार सेवा केन्द्रले चिया टिप्ने (प्लकिङ) सीपसमेत सिकाएको हो । यस कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास ककनीका सूर्य तामाङको सहजीकरणमा श्रमिकहरूलाई चिया टिप्ने उचित तरिका सिकाइएको पन्चकन्याका रोजगार संयोजक सरोज केसीको भनाई छ ।

यससंगै पन्चकन्यामा राम्रो गुणस्तरको उत्पादन, आम्दानी वृद्धि र आत्मनिर्भरतातर्फ अगाडि बढ्ने लक्ष्य राखिएको केसीको भनाई छ । यससंगै पन्चकन्या चिया उत्पादनको. लागि उपयुक्त स्थानको रुपमा सावित भएको छ ।






