बिदुरः होटेल व्यवसायी महासंघ नेपालको १३औ साधारण सभा तथा ५औ अधिवेशन सम्पन्न भएको छ । महाअधिवेसनले नयां कार्यसमिति चयन गरेको छ । महाधिवेसनाले अध्यक्षमा तुलसीराम भण्डारी (शंकर)लाई चयन गरेको छ ।


वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा वीरमन्जन बटाला, प्रशासन उपाध्यक्षमा ज्ञानवहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कलमवहादुर वम, उद्योग/मेला महोत्सव उपाध्यक्षमा भायचन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा सुनीता पन्तपौडेल, उपाध्यक्षहरुमा मोदनाथ वेलवासे, धनादेवी चोखाल, जनकवहादुर सिंह, खिलवहादुर सुवेदी र शैलेश कार्की निर्विरोध रुपमा निर्वाचित भएका छन् । महासचिवमा राजेश मल्होत्राक्षेत्री, उपमहासचिवमा मित्रप्रसाद ढकाल चुनिएका छन् ।

पर्यटन सचिवमा भरतकुमार भट्टराई, प्रशासन सचिवमा रमेशकुमार वराल, मेला/महोत्सव सचिवमा सन्तोषकुमार थापाक्षेत्री, सचिवमा लालवहादुर केसी, नेत्रलाल वली, भिविन्द्रप्रसद न्यौपाने, रचेन्द्रसिह थापा, उमा ग्राण्डन र निलेश राजभण्डारी चुनिएका छन् । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी चुनिएका छन् । छुट्टै ४७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

होटेल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशन गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको हो । अधिवेशनल सम्पुर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासङ्घलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रीत संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन तथा होटेल क्षेत्रलाई अझ प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए ।

महासङ्घले देशभरका होटेल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र तसलाई थप व्यवस्थित गरिने वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई छ । उनले नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको वताए । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबिच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त महासंघमा नुवाकोटवाट बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, केन्द्रीय सदस्यमा आरएस अधिकारी, रसुवावाट निशान गजुरेल चुनिएका हुन् । व्यवसायिक अनुभव, नेतृत्व क्षमता र योगदानका आधारमा उनीहरूलाई महासंघमा महत्वपूर्ण जिम्मेवारी दिइएको हो । होटल व्यवसायसँगै अन्य क्षेत्रमा पनि सक्रिय उनीहरूको योगदानले समग्र व्यवसायिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।












