बिदुरः आम सेवाग्राही तथा सरोकारवालाका लागि नुवाकोटको सातविसेमा वित्तिय सचेतना कार्यक्रम प्रदान गरिएको छ । मेरो माइक्रोफाइनान्स सातबिसे शाखाले वित्तीय अभिवृद्धि तथा गुनासो सम्बोधन अभिमुखीकरण कार्यक्रम गरेको हो । नुवाकोटको तादी गाउंपालिकाको सातबिसेमा उक्त लघुवित्त सातबिसे शाखाले सहभागीहरुलाई वित्तीय सचेतना, वित्तिय अभिवृद्धि तथा ग्राहकहरूको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।


उक्त कार्यक्रममा सहभागीहरूले वित्तीय सचेतना, सेवाग्राहीमैत्री सेवा प्रवाह तथा गुनासो सम्बोधनका विषयमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरूले संस्थाले समुदायमा पु¥याउँदै आएको आर्थिक योगदान तथा सहकार्यको प्रशंसा गरे । आगामी दिनमा अझ प्रभावकारीर पारदर्शी सेवा विस्तार गर्न सुझावसमेत सहभागीहरुले दिएका छन् ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेर ग्रामीण समुदायको आर्थिक सशक्तीकरणलगायतका कार्यमा कार्यक्रम गर्दै आएको सो संस्थाले उक्त कार्यक्रममार्फत सेवाग्राहीसँगको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा सर्वसाधारण, जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी, तथा संस्थाका कर्मचारीको सहभागिता रहेको थियो ।





