बिदुरः आधुनिक तथा उन्नत खेति प्रणालीमा सरिक गराउने उद्धेश्यले नुवाकोटको बिदुरमा किसानहरुलाई अनुदानमा मकैको बिउ प्रदान गरिएको छ । कृषक, कृषक समूह, सहकारी तथा कृषि फर्मलाई अनुदानमा मकैको विउ वितरण गरिएको हो ।


विदुर नगरपालिकाको चालु आर्थिक वर्ष २०८२÷०८३ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत सञ्चालित “खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान” कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण कार्य गरेको हो । यसवाट माग अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषि पेशासँग सम्बन्धित व्यक्ति तथा समुदाय लाभान्वित भएको बिदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

उन्नत जातको मकैको बिउ माग अनुसारको मकैको उन्नत तथा नेपाली हाइब्रिड जातको बीउ वितरण कार्य गरिएको हो । विदुर नगरपालिका, कृषि विकास शाखामार्फत कृषक, कृषक समूह, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषि पेशासँग सम्बन्धित व्यक्तिहरुलाई ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलव्ध गराएको हो ।





