बिदुरः नुवाकोटको बिदुरमा ब्रदरको निःशुल्क सर्भिस तथा एक्सचेन्ज योजना सन्चालन भएको छ । उपकरणका सेवाग्राहीहरु लाभान्वित भएका छन् । बिदुर नपा २ विदुर लोकतान्त्रि चौतारोमा रहेको युनिभर्षल कम्प्युटर सेन्टरमा उक्त योजना सन्चालनमा रहेको छ ।


अफरसहितको सन्चालित यस क्याम्पको मुख्य आकर्षण भनेको “एक्सचेन्ज अफर” रहेको सन्चालक नारायणकुमार घलेको भनाई छ । उनका अनुसार सेवाग्राहीले आफ्ना पुराना तथा प्रयोगमा रहेका उपकरण ल्याएर नयाँ उपकरण खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले नयाँ प्रविधि अपनाउन चाहने तर आर्थिक कारणले समस्यामा रहेका उपभोक्ताहरुलाई सुविधा दिने अपेक्षा गरिएको छ ।

कतिपय सेवाग्राहीले पुराना प्रिन्टर ल्याएर नयाँ मोडेलका उपकरण खरिद गरेको समेत प्रवन्धक विक्रम आचार्यको भनाई छ । उनका अनुसार पहिलो पटक सेवाग्राहीहरुलाई लक्ष्यित गरि युनिभर्सल कम्प्युटसले माग अनुसार “ब्रदर फ्रि सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफर” सन्चालन गरेको हो । दक्ष प्राविधिक टोलीले उपकरणको अवस्था परीक्षण गरी आवश्यक सल्लाह र समाधान प्रदान गरिरहेका अफर क्याम्पमा स्थानीयवासी, सेवाग्राही र प्रविधि प्रयोगकर्तालाई लक्ष्यित गर्दै सन्चालन गरिएको अफरमा सेवाग्राहीको भिड बढ्दै गएको छ ।

भिड वढेको अफरको अवधिसमेत थप गरिने आयोजकको भनाई छ । सर्वसाधारणले आफ्ना पुराना कम्प्युटर, प्रिन्टरलगायतका उपकरण परिक्षण गराउन, नयाँ स्किमबारे जानकारी लिने कार्य गरिरहेका छन भने एक्सचेन्ज सुविधाबाट विशेषगरी “ब्रदर” ब्रान्डका उत्पादनहरूका लागि क्याम्प केन्द्रीत रहेको छ । यस वाहेक अन्य ब्रान्डका उपकरण लिएर आएका सेवाग्राहीलाई पनि आवश्यक परामर्श र आवस्यक सहयोग कार्य भइरहेको सन्चालकको भनाई छ ।







