बिदुरः देशमा निर्वाचनका समयमा पत्रकारिताको जिम्मेवारी झनै बलियो हुनु पर्नेे सूचना तथा प्रशारण विभागका महानिर्देशक छविन्द्र पराजुरीले वताए । जिम्मेवार पत्रकारितावाटै देशमा परिवर्तनका मार्गहरु अगाडि वढेकोसमेत वताउंदै उनले समाजको ऐना पत्रकारिता क्षेत्रले आचारसंहिता र कानून अनुसार विषयवस्तु प्रस्तुत गरिरहेकोसमेत वताए ।


नुवाकोटको विदुरमा शनिवार आयोजित पत्रकार र निर्वाचनसंग सम्वन्धित कार्यक्रममा महानिर्देशक पराजुलीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, प्रभावकारी, भयरहित र शान्तपुर्ण गर्नु पर्ने सवैको दायित्व रहेको उल्लेख गर्दै यसका लागि पत्रकारिताको विशेष सहयोग भइरहेकोसमेत बताए । देशमा सम्वृद्धिका लागि जनप्रतिनिधि चुन्नका लागि प्रतिनिधि सभाको निर्वाचन तय भएको र यसका लागि सरकारका सवै संयन्त्र क्रियशाील रहेको पनि पराजुलीको भनाई छ ।

महानिर्देशक पराजुरीले नेपालको पत्रकारितालाई प्रभावकारी वनाउन विभाग र प्रेस काउन्सिल सदैव क्रियाशील रहेकोसमेत वताए । उनले नेपालको पत्रकारितालाई गुणस्तरिय, जिम्मेवारी र प्रभावकारी वनाउन विशेष ऐनको विषयमा छलफल भइरहेकोसमेत बताए ।

उनले विदेशमा पत्रकारिताको पेशा अंगाल्नेहरुको वढोत्तरी भइरहेको समयमा नेपालमा भने घटिरहेकोमा विभागले यसलाई विशेष रुपमा हेरिरहेको पनि वताए । पत्रकारितालाई विस्वसनियता वनाई एउटा आकर्षक पेशा वनाउनका लागि सूचना तथा प्रशारण विभाग र प्रेस काउसन्सलले विशेष योजना वनाइरहेकोसमेत प्रेस काउन्सिलका सदस्य सचिवसमेत रहेका महानिर्देशक पराजुलीले वताए ।













