बिदुरः नुवाकोटको तादी गाउँपालिकास्थित एक विद्यालयलाई खेलकुद सामग्री प्राप्त भएको छ । यसवाट विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।

तादी गापा ४ सातविसेस्थित सुन्दरा माविलाई खेलकुद सामग्री प्राप्त भएको हो । उक्त विद्यालयकी पुर्व विद्यार्थी बन्दना पाठकथपलिया र उनका पति जगदीश्वर थपलियाले विद्यालयमा पुगेर विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक र शिक्षा सम्वद्ध सरोकारवालाहरुको उपस्थितिमा थपलिया दम्पत्तिले उक्त विद्यालयलाई फुटबल, भलिबल, नेटलगायतका खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । यसवाट विद्यार्थीहरुलाई खेल गतिविधि गर्न सहजता भएको छ ।

तीनसय विद्यार्थी अध्ययनरत नुवाकोटको पुर्वी भेगकै शैक्षिक केन्द्रमध्येको विशेष रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज पाठकको भनाई छ । पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलापमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल गतिविधि र शारिरीक अभ्यास तथा प्रतिभाको विकासको लागि खेलकुद सामग्री हस्तान्तरण गरिएको पुर्व विद्यार्थी बन्दना पाठकथपलियाको भनाई छ ।






