बिदुरः विकसित राजनीतिक घटनाक्रमलाई आत्मसात गर्दै नुवाकोटमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको तदर्थ समिति गठन भएको छ । भेलाले अधिवेसन गर्ने जिम्मा पाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको जिल्ला समन्वय समितिको भेला विदुर नपा ५ पिपलटारमा शनिवार सम्पन्न भएको हो । भेलाले कपिल शाहको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । यसअघि भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्रि हितवहादुर तामाङले अखिल (क्रान्तिकारी) ले अव जनताको भावना समेटेर क्रियाशील हुनुपर्ने वताए । कार्यक्रममा माओवादी नेतृ विमला सुवेदीले जनताका लागि कार्य गर्ने दलले अव जनताको भावना समेटेर अगाडि वढ्नुपर्ने वताइन् ।

भेलाले तदर्थ समितिको सह संयोजकमा जीवन तामाङ र रोजिना तामाङ, सचिवमा निराजन दाहाल, सहसचिवमा विजय रिमाल, पल सुनार र कोषाध्यक्षमा . सजना खातीलाई चयन गरेको छ । सदस्यहरुमा अमिशा शाहीठकुरी, राजेन्द्र तामाङ, प्रदीप भट्ट, कञ्चन रानामगर, सुदीप राई, मनोज घतानी, दिपेश ठकुरी, नवीन आचार्य, सलिना तामाङ, सुमन तामाङ, करुणा खतिवडा रहेका छन् ।





