बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका–८ थापागाउँस्थित जनज्ञान निकेतन माविको पूर्वविद्यार्थी समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन समेत गरेको छ । अधिवेशनले शिवपुरी ८ थानापतिका भरतप्रसाद पाठक अध्यक्ष रहेको कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा यादवप्रसाद पाण्डे, सचिवमा मधु पाण्डे, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष्माा मिनु पाण्डे सर्वसम्मत रुपमा चयन भए । सदस्यमा केदार थपलिया, राजेन्द्र पाण्डे, अर्जुन गिरि, संगिता थापा, उमा गौतम, राधिका लोहनी, जनक थपलिया, पशुपति पाण्डे, नवराज रिजाल र रविनप्रसाद थपलिया चुनिएका छन् ।
भेलाले रमेशकुमार पाठकलाई सल्लाहकार संयोजक चयन गरेको छ । कार्यक्रममा समाजमा २०४० सालको एसएलसीदेखि उक्त विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो । यसअघि, उक्त अधिवेशनको शिवपुरी गापा अध्यक्ष गोबिन्दप्रसाद थपलियाले उद्घाटन गरेका थिए ।





