बिदुरः गाउंका विद्यार्थीहरुलाई अध्ययनप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरको रामतीको एक विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुलार्ई पोशाक प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनका लागि हौसिएका छन् । दुप्चेश्वर गाउँपालिका ६ रामतीस्थित दुप्चेश्वर संस्कृत बिद्याश्रम गुरुकुलमा अध्यनरत ६५ जना बालबालिकाहरुलाई जनही एक/एक सेट बिद्यालय पोसाक र एक÷एक जोर जुत्ता उपलव्ध गराइएको हो । विद्यालयमै पुगेर दुप्चेश्वर गापाकी उपाध्यक्ष माकुरी तामाङलगायतले विद्यार्थीहरुलाई बिद्यालय पोसाक र जुत्ता हस्तान्तरण शिक्षा र सामाजिक गतिविधिमा कार्यरत रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उनका अनुसार गाउंका वालवालिकहरुको शैक्षिक जागरणका लागि रडेक नेपालले एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत एकैपटक विद्यार्थीहरुलाई बिद्यालय पोसाक र जुत्ता प्रदान गरिएको हो । उक्त विद्यालयमा अधिकांश तामाङ, शेर्पा समुदायका वालवालिकाहरु अध्ययनरत रहेको सहयोगी रुडेक नेपालका परियोजना अधिकृत हरि लामाको भनाई छ ।





