बिदुरः वित्रिय नियम तथा यसको प्रभावकारी कार्यान्वयका सम्वन्धमा नुवाकोटको विद्यालयमा विद्यार्थीहरुलाई जागरुक गराइएको छ । यसवाट विद्यार्थीहरुले वित्तिय नियमवारे जानकारी हासिल गरेका छन् ।

प्रभु बैंक बट्टार शाखाद्वारा तादी गाउँपालिका–३ खरानीटारमा रहेको अमरज्योति माविमा अध्यययनरत विद्यार्थीहरुलाई बित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीहरुलाई प्रभु बैंक बट्टार शाखाका प्रमुख सुबर्णराज कंडेलले कार्यक्रम वित्तिय नियम, यसको कार्यान्वयन, वित्तिय क्षेत्रका सकारात्मक कार्य तथा बित्तिय कार्यको महत्वका सम्वन्धमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । उक्त अवसरमा सहभागी विद्यार्थीहरुले वैकिङ गतिविधिका सम्वन्धमा अन्र्तक्रियासमेत गरेका थिए ।





