बिदुरः महिलाहरुको सुविधाका लागि नुवाकोटको वट्टारमा महिलाको स्वास्थ्य परिक्षण शिविर सन्चालन गरिएको छ । यसवाट महिलाहरुलाई निकै सुविधा पुगेको छ ।विदुर नगरपालिका ४ घण्टाघरमा आयोजित महिला स्वास्थय परिक्षण शिविरमा ७२ जना महिलाहरुको स्वास्थ्य परिक्षणका साथै पाठेघरको क्यान्सर परिक्षण गरिएको आयोजक मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटकी अध्यक्ष गंगा वोगटीले जानकारी दिइन् ।

उनका अनुसार शिविरमा चार जना चिकित्सकसहित १० जनाको स्वास्थ्य प्राविधिक टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलन गरेको हो । यसका साथै विदुर नपाको ३, ५, ६, ७, १०, वेलकोटगढी नपाको ७ र ८, लिखु गापाको १ तथा पन्चकन्या गापाको २ नं. वडामा महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि नमूना संकलन गरिने आयोजक मानव अधिकारका लागि महिला–एकल महिला समूह नुवाकोटकी सल्लाहकार देवकी पौडेलले जानकारी दिइन् । महिलाहरुको उक्त शिविरमा मनमोहन अस्पताल, समूहको केन्द्रीय कार्यालय, मेन्चेत गुम्वाको सहकार्यमा सन्चालन गरिएको आयोजकले जनाएको छ ।





