आज आईजीपीको फुली लगाउँदै कुँवर, लगत्तै पदभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ ।

गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दिउँसो १ बजे दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार लगत्तै उनले पदभार सम्हाल्नेछन् । ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई नियुक्त गरेको थियो ।

नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।

यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार