बैंकिङ ज्यादतीविरुद्ध खनिए व्यवसायी, माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी

काठमाडौं । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनुपर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको उनीहरुको आरोप छ ।

कार्यक्रममा उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य नभए बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार